१ वैशाख, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिए ।
स्काभेटर मुगु छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
गएराति भएको दुर्घटनामा स्काभेटर चालकको अवस्था भने सामान्य छ । अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्काभेटर सडकबाट करिब १ सय मिटर तल खसेको छ ।