काठमाडौं । तीनकुनेमा आयोजित राजा ल्याउने प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफु नभागेको तर, ‘जोगिएको’ बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै भनेका छन्, मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको सन्देश दिएका छन् । म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु ।’ प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा समेत गरेका
छन् ।

