कर्णाली प्रदेश दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ गरी १६ जनामा कोरोना संक्रमण

२६ जेठ,सुर्खेत । कर्णालीमा दिनप्रतिदिन कोरोना भाइरसका संक्रमिण थपिने क्रममा आज थप १७ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि भएका बताइएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार दैलेखको गुराँस गाउँपालिका–४ का दुई जना र डुङ्गेश्वर गाउँपालिकाका दुई जना पुरुष रहेका छन् भने नारायण नगरपालिका वडा नम्बर ३, ६, नौमुले गाउँपालिका–१,७, ८ र आठबीस नगरपालिका–७ का एक–एकजना पुरुष रहेका छन् ।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२ र ३ वडाका तीनजना पुरुष, कुमाख गाउँपालिका १ र ३ का दुईजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । सुर्खेतका संक्रमित बराहताल गउँपालिका–१० का एक युवक रहेका छन् ।