Breaking News

रौटहटमा १० जनामा कोरोना भाइरस संक्रमण

२६ जेठ, रौतहट । रौतहटमा सोमबार थप १० जना कोरोना संक्रमित भेटिएका छन् ।
आज सोमबार रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना संक्रमित थपिएका छन् ।

क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा आजै प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । रौतहटको राजपुर र इशनाथमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका नेपालीहरु रहेका छन् । रौतहटको क्वारेन्टिनमा वैदेशिक रोजगारी लगायतको काम बाट फर्कनेहरुको चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ ।

रौतहटका पालिकाहरुले निर्माण गरेको ६० भन्दा बढी क्वारेन्टिनमा ७ हजार ७ सय ७७ जना रहेका छन् । यसै गरी रौतहटको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा रहेका १८ जना निको भएर घर फर्किसकेका छन् । रौतहटमा संकलन गरिएकामध्ये ४ हजार भन्दा बढीको रिपोर्ट आउन बाँकी रहेको छ ।

यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।