दुई जना चिकित्सकसहित २० जनाका कोरोना संक्रमित

तीन सय जनाको स्वाब परीक्षण गर्न पठाइएकोमा अरुको रिर्पोट आउन बाँकी

२६ जेठ, चितवन । कोभिड–१९ का संक्रमित थपिने क्रमममा आज बागमती प्रदेशको चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जनाएको छ ।

संक्रमित मध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक रहेका छन्् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको बुझिएको छ ।

चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण आउन बाँकी छ ।