गण्डकी प्रदेशमा कोरोनाबाट पहिलो पटक एकजनाको मुत्यु

२६ जेठ, पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० बर्षीय कोरोना संक्रमित एक पुरुषको पोखरामा निधन भएको छ । उनको मृत्यु भएको पुष्टि स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जेठ २३ गते उपचाररत भर्ना भएका उनको हिजो आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पछि उनलाई आइसोलेसनमा राखिएको थियो ।

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी थिए ।

स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।