तीन वर्षीया बालिका सहित ५ जनाका कोरोना संक्रमित

२६ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज सोमबार बारामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहका अनुसार हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो ।

जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थिाये । संक्रमित पुष्टि भएका सबै जना भारतबाट आएका हुन् ।