बोर्डफस्ट बाबुराम भट्टराई चौथो नम्बरमा !

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

२५ जेठ, काठमाण्डौ । जनता समाजवादी पार्टीमा दुई अध्यक्ष रहनेगरी निर्वाचन आयोगमा दर्ता भएको छ ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी पार्टीबीच लामो छलफल र रक्साकसीबीच आजदुई अध्यक्ष रहने गरी दर्ता गरिएको छ । महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने गरी पार्टी संचालन हुनेछ ।

पार्टीको बरियता क्रममा पहिलोमा महन्थ ठाकुरको नाम रहेको छ भने चौथो नम्वरमा बाबुराम भट्टराई रहेकाछन् ।

‘पार्टीका हरेक निर्णयमा अब दुई अध्यक्षको हस्ताक्षर अनिवार्य हुनेछ’ पार्टीमा वरिष्ठ नेताका रुपमा क्रमशः अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो रहने छन् ।