Breaking News

राप्रपा नेता रवीन्द्र मिश्र, धवलशम्शेर राणासहित १०५ जना पक्राउ

१६ चैत, काठमाडौं । राजावादीहरूले हिजो काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा तोडफोड र आगजनीमा संलग्नमा रहेककालाई पक्राउ पर्ने क्रम जारी राखेको
छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंकाअनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् ।

प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परेका छन् ।
अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ ।

आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् ।