Breaking News

भृकुटीमण्डपमा गणतन्त्रवादी शान्त हुँदा तीनकुनेमा राजावादीहरुको उदण्ड रुप

१५ चैत, काठमाडौं । केही दिनयता राजावादीहरुले आफ्ना गतिविध सल्वलाउन लागिरहेको बेला संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले आज राजधानी काठमाडौमा वृहत् जनसभा गरेकाछन्। आजै तीनकुने क्षेत्रमा राजावादीले आन्दोलनको नाममा उच्छृङ्‍खल प्रदर्शन र हिंसात्मक गतिविधि मच्चाइरहँदा भृकुटीमण्डपबाट गणतन्त्र पक्षधरले शान्तिपूर्ण रूपमा सभा गरे ।

राजधानीका विभिन्न ठाउँबाट र्‍यालीहरु भृकुटीमण्डपमा जम्मा भएर सभामा परिणनत भएको थियो । सभालाई सम्बोधन समाजवादी मोर्चामा सहभागी दलका शीर्ष नेताले बोलेका ा थिए । नेताहरु राजसंस्थाप्रति आक्रामक रूपमा प्रस्तुत हँुदा सरकारप्रति भने नरम नै देखिए । उनीहरुले सरकारको गतिविधिका कारणले समेत राजावादीले स्पेस पाएको बताए ।

वृहत् जनसभाका प्रमुख व्यक्ति थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनले भने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधान सभाबाट संविधान जारी भएको गणतन्त्रलाई धावा बोलेकोमा राजावादीलाई प्रचण्डले ‘मण्डले’ को संज्ञा दिएका थिए ।

‘मण्डले अराजकताको पराकाष्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन् ।

‘अहिले उल्टो–उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ । भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो ।
राजावादीहरूले परिस्थिति उत्तेजित पार्न चाहिरहेको प्रचण्डको बुझाइ छ । ‘एक दुई जना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीहरूको चरित्र हो ।

तर, आफूहरू शान्तिपूर्ण तरिकाबाट राजावादीको गतिविधि नियन्त्रण हुनुपर्छ भन्नेमा रहेको बताए । बरु सरकारले राजावादीको गतिविधि नियन्त्रणका लागि पर्याप्त पूर्वतयारी र अन्य कार्य नगरेको प्रचण्डको आरोप छ ।

‘अहिले उल्टो–उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ । भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो,’ प्रचण्डले प्रधानमन्त्री ओलीमाथि नै आशंका गरे ।

गणतन्त्रप्रति प्रधानमन्त्री ओलीको प्रतिबद्धता गणतन्त्र आउँदै गर्दा नरहेको प्रचण्डले स्मरण गरे । ‘बयलगाडामा चढेर गणतन्त्र आउँदैन भनेर ओलीले पहिले पनि भनेको हो,’ प्रचण्डले सम्झिए ।

तथापि, गणतन्त्र प्राप्तिप्रति जनताको अवस्था परिवर्तन गर्नका लागि गर्नुपर्ने काममा कमी रहेको र यसले जनतामा निराशा जन्माएको प्रचण्डले स्वीकार गरे ।

गणतन्त्रवादी दलहरूले जनअपेक्षाअनुरूप काम गर्न नसक्दा राजावादीहरूले टाउको उठाउन खोजेको उनको आशंका छ । ‘हामी गणतन्त्रवादीले जनताका आशारअपेक्षाअनुरूप काम गर्न नसकेकै कारण इतिहासको कुडा–कर्कटमा पुर्‍याइएकाहरूले टाउको उठाएका हुन् ।

‘हामी गम्भीर आत्मालोचना गर्दै गल्तीबाट शिक्षा लिएर जनताका सम्पूर्ण जनताको पक्षमा लाग्छौँ,’ प्रचण्डले आत्मालोचना गरे ।

तथापि, राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिँदै प्रचण्डले विगतमा गरेका गल्तीको फल अहिले पूर्वराजा ज्ञानेन्द्रले अहिले भोगिरहेको बताए । थप गल्ती नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी दिए ।

प्रचण्डले केपी ओली नेतृत्वको सरकार उल्टो बाटो हिँडेको आरोप लगाए । जनतामा निराशा रहेका बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु गलत रहेको उनले बताए ।

सभालाई सम्बोधन गर्ने क्रममा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासन फर्काउने सपना नदेख्न राजावादीलाई आग्रह गरे । अन्यथा, राजावादी भन्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ ।

सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार गर्न सक्दैनन् । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको उल्लेख गर्दै अध्यक्ष नेपालले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताए ।

आफूहरूको सभालाई सभाको गम्भीर्यताअनुसार ख्याल गर्न राजावादीलाई उनको चेतावनी छ । ‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरू होसियार,’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहँदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।

पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेपालले सरकारलाई पनि खबरदारी गरे । ‘देशमा सबैतिर निराशा छ, मिटरव्याज पीडितको समस्या छ, सहकारी, सकुमवासीको समस्या छ, दलितहरूको त्यस्तै बिजोग छ । तर यसको अर्थ पूर्वराजा विकल्प हुन सक्दैनन् ।

सरकार जनताबाट टाढिएको र जनताको भावनालाई नबुझेकोले समेत राजावादीले स्पेस पाएको उनको भनाइ छ ।

सभामा अन्य वक्ताहरू पनि पूर्वराजाप्रति आक्रामक रुपमा प्रस्तुत भए भने जनताको अपेक्षा पूरा गर्नेतिर ख्याल गर्न सरकारलाई खबरदारी गरे ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागर्जुन सरेको ख्याल राख्न पूर्वराजा ज्ञानेन्द्रलाई आग्रह गरिन् ।

‘२४० वर्षको बिरासत २०५८ को हत्याकान्डले नै अन्त्य भएको थियो । तर त्यसको केही समयपछि नेपालबाट विधिवत रूपमा राजावादी बिदा भएको हो,’ उनले भनिन् । १० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२र६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।

२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक ९१५ जेठ २०६५० ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । तर पछिल्लो समय राजतन्त्र पक्षधर पुनः सल्बलाउन थालेका छन् ।

राजतन्त्रको बिदा गर्दै गर्दा पूर्वराजा ज्ञानेन्द्रले मागेअनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको ख्याल गर्न भुसालको आग्रह छ ।

राजनीतिमा आउन मन भए पार्टी खोल्न वा कुनै पार्टीको नेतृत्व गरेर चुनाव लडेर बहुमत ल्याएर प्रधानमन्त्री वा राष्ट्रपति बन्न उनको सुझाव छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० ले राजावादीलाई नउचालिन आग्रह गरे । राजतन्त्र फर्किने सपना देखेर जनतालाई दुःख दिने काम भइरहे सह्य नहुने उनको चेतावनी छ ।

‘विदेशीको षडयन्त्रमा केही तत्वले राजतन्त्रको कुरा गरेका छन्,’ उनले भने, ‘इतिहास फर्किँदैन । षडयन्त्र हुन्छन्, त्यसप्रति हामी सतर्क र खडा छौं । कुनै तत्व उचालिएर केही हुनेवाला छैन ।’

नेपाली जनतालाई पूर्वराजा ज्ञानेन्द्र जस्तो प्रभुहरूको खाँचो नरहेको उनले बताए । ४ सय वर्ष पार गरेर गणतन्त्रमा आइपुगेको उल्लेख गर्दै उनले अगाडि भने, ‘सामन्तवादबाट लादिएर आएका हामीले ठूलो त्याग संघर्ष र बलिदानबाट वर्तमान व्यवस्था प्राप्त गरेका हौं । यसमा भएका गल्ती सुधार गर्ने हो । अगाडि बढेर जाने हो, पछाडि हट्ने होइन ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।