कर्णालीमा आज थप ५४ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि

२५ जेठ, सुर्खेत । प्रदेश अस्पताल, पशुपन्छी रोग अनेवेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३(३ जना रहेका छन् ।

योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ ।