गुड्न थाले गाडी, हिड्न थाले मान्छे

२५ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन आज ७६औं दिनबाट खुकुलो हुँदै गएको छ ।

सरकारले लकडाउन खुकुलो गर्ने निर्णय नगरे पनि सर्वसाधारण स्वतःस्फुर्त रुपमा घारबाहिर काममा निस्कन थालेका छन् । आज आइतबार काठमाडौंका सडकमा सवारी साधनको बाक्लो चाप थियो । सार्वजनिक सवारी साधन धेरै नचले पनि निजी गाडीहरु प्रशस्त चलेका देखिन्छन् ।

हिजो अस्तीका दिनहरुको तुलनामा आज धेरै मानिस घरबाहिर निस्केका छन् । धेरै कार्यालय तथा व्यवसाय सञ्चालनमा आउन थालेका छन् । दुई महिना भन्दा बढी समय लकडाउन गर्दा समेत सरकारले जनजीवन सामान्य बनाउने मोडालिटी नल्याउँदा समस्यामा परेको भन्दै निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने बताउँदै आएको छ ।

तर अहिलेसम्म सरकारले लकडाउन खुकुलो पार्ने निर्णय भने गरेको छैन ।

तर पनि मान्छेहरु स्वस्फुर्त निस्कीएका हुन ।