Breaking News

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित हुँदा सडकमै पल्टियो ८ जना घाइते

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित हुँदा सडकमै पल्टिएको छ।

आज दिउँसो साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको हो। दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएका छन।

घाइतेहरूमा भक्तपुरको सुर्यविनायक नगरपालिका(५ बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी छन्।