डोटीको सिताराम आधारभूत बिद्यालयको क्वारेन्टाइनमा रहेका १९ वर्षे युवकको मृत्यु

२५ जेठ, डोटी । डोटीको जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको छ ।

भारतको लुधियानाबाट जेठ १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।
आज आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको छ ।

उनी मुटुको रोगी भएको बुझिएको छ । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताएका छन् ।