Breaking News

आफ्नै छोराद्धारा आमालाई दिउदै खाल्डो पुरिदिए

२५ जेठ, काठमाण्डौ । उत्तरपश्चिम चीनमा एक छोराले आफ्नी ७९ वर्षीया आमालाई जिउँदै खाल्डोमा पुरेका छन् । आशिंक पक्षघात भएकी ति आमालाई तीन दिनपछि पुरिएको खाल्डोबाट जिवितै उद्धार गरिएको छ । उद्धारपछि उनलाई अहिले अस्पतालमा स्वास्थ्य उपचार भइरहेको र प्रहरीले अयियुक्त छोरालाई पक्राउ गरिएको जनाएको छ ।

५८ वर्षीय छोरालाई आफ्नो आमाको हत्याको प्रयासमा मुद्दा चलाइएको प्रहरी अधिकारीले जनाकारी दिएका छन् ।

उनले मंगलबार ती व्यक्तिका पत्नीले दिएको बयानअनुसार माले आफ्नो आमालाई गाडामा हालेर लगेको र त्यसपश्चात आमा घर नफर्किएको प्रहरीलाई जानकारी दिएकी थिइन् ।

प्रहरीका अनुसार ती व्यक्तिले आफ्नो आमालाई पुरेको स्वीकार गरेपछि सो दिन उनको उद्धार गरिएको थियो ।

‘प्रहरीले चिहान खन्दा उनी मा त्यहीँ उपस्थित थिए । आमालाई जिउँदो पाउँदा पनि उनले कुनै प्रतिक्रिया जनाएनन्,’ एक प्रहरी अधिकारीले
भने ।

द पेपर डट सीएनका अनुसार माको पिताको मृत्युपछि उनको आमाले दोस्रो विवाह गर्दै कान्छा छोरासँग जान्सु प्रान्तमा बस्न गएकी थिइन् । १२ वर्षीय मालाई भने काकासँग बस्न पठाइएको थियो ।

आफ्नो पतिको मृत्युपछि उनी केही वर्षअघि मात्र जिङवियानमा फर्किएका थिए । केही समय कान्छा छोरासँग बसेकी उनी स्वास्थ्यमा समस्या देखिन थालेपछि मासँग बस्न आएकी थिइन् ।

प्रहरीका अनुसार उनी गत नोभेम्बरमा ओछ्यानमा नै थला परेपछि मा उनीसँग रुष्ट बन्न थालेका थिए ।

एजेन्सी