विदेशबाट आएका नेपालीहरुलाई राख्ने होटेल तयार पाँच तारेदेखि एकतारेसम्म सूची सहित

२५ जेठ, काठमाडौं । कोरोना लकडाउनका कारण बिदेशमा नै रोकिएकाहरुलाई सरकारले ल्याउन थालेपछि नेपाल ल्याई सकेपछि शुरुमा कताराख्ने योजना अनुसार अब बाहिरी मुलुकबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने नियमअनुसार देशभरका ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् ।

सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु छन् ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ भने होटल बसाइको खर्च स्वयं व्यक्ति आफैले नै तिर्नुपर्ने छ ।

हेर्नुहोस होटेलहरुको सूची निम्नप्रकारका छन् :

List_of_Hotels for Quarantine