काठमाडौँ । राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अहिले राजा ल्याउने भन्दै विभिन्न कार्यक्रमहरु गरिरहेको
छ । यसै क्रममा सो पार्टीले फागुन २५ गते राजधानीमा वृहत प्रदर्शनका साथै आमसभा गर्ने कार्यक्रम भएपनि सोही दिन पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौ आउने भएकाले सो कार्यक्रम रोकेर ज्ञानेन्द्रको स्वागतमा खटिन निर्देशन दिएको छ ।
हिजो पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्दै सोही दिन पूर्वराजाको स्वागतमा त्रित्रुवन विमानस्थलमा पूर्वराजाको स्वागतमा जान निर्देशन दिएको छ ।
पूर्व राजा शाह अहिले गण्डकी प्रदेशको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

