काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । अफरअन्तर्गत नयाँ ग्राहक बन्दा वा सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन–१६ उपहार पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकको संख्या १० लाख पुग्न लागेको अवसरमा यो अफर ल्याएको जनाएको छ ।
कम्पनीले देशभरका ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको जनाएको छ । १० लाख घरधुरीसम्म सेवा विस्तार हुनु र कम्तीमा ५० लाख जनतामाझ वल्र्डलिंकको सेवा पुग्नु यसैको उदाहरण भएको कम्पनीको भनाइ छ । साथै, कम्पनीले इन्टरनेट सेवालाई दूरदराज र ग्रामीण भेगमा थप विस्तार गरी आमनेपालीको पहुँचमा पु¥याउने प्रतिबद्धता जनाएको छ । फागुन महिनाको अन्त्यसम्म १० लाख घरधुरी पु¥याउने लक्ष्य कम्पनीको छ ।