Breaking News

थापाथलीको मुख्य चोकनजिकै मेलम्ची खानेपानीको पाइप फुट्यो

थापाथलीको मुख्य चोकनजिकै मेलम्ची खानेपानीको पाइप फुटेर त्यहाँको वातावरण नै बिथोलिएको छ । थापाथली चोकबाट नर्भिक अस्पतालहुँदै पूर्वतिर लाग्ने सहायक बाटोमा मुख्य वितरण प्रणालीको पाइप फुटेपछि सडक, तथा निजी आवासमा पानी पसेको थियो । भुइँ तलामा पानी पसेपछि निजी आवासमा समस्या भएको छ।

अहिलेसम्मको अवस्था जाँच गर्दा त्यहाँ दुई पाइपबीचको ज्वाइन्ट (जोर्ती) खुस्किएको हुनसक्ने अनुमान छ ।

‘मेलम्चीको मुख्य पाइपमाथि ठूलो आकारका पोलिथिन पाइपहरू पनि छन्।

माइतीघर र आसपासका क्षेत्रमा खानेपानी वितरण प्रणाली मर्मत पनि भइरहेको छ। त्यसको चाप पनि त्यस पाइपमा परेको हुनसक्ने अनुमान छ ।

केयुकेएलले काठमाडौं उपत्यकामा घरघरमा पानी पुर्‍याउन ‘डिआई’ अर्थात् डक्टाइल आइरन पाइप प्रयोग गरेको छ। पहिले जिआई अर्थात् ग्याल्भनाइज्ड पाइप प्रयोग गरिएको थियो।

गत माघ ३० गते बबरमहल क्षेत्रमा पनि यसै गरी मुख्य वितरण प्रणालीकै पाइप फुटेको थियो। त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्दा प्रयोग गरेको उपकरणले क्षति पुर्‍याएपछि पाइप फुटेको थियो।