Breaking News

टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगो बल्ल निभाइयो

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगो निभाइएको छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको हो ।

बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा लिन सफल भएको जानकारी दिए ।

स्थानीय र प्रहरी टोलीले फायर स्टेङ विसरको सहयोगमा आगो निभाएका हुन् । करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि जमिनमुनीबाट आगोको ज्वाला निस्किएको थियो ।