काठमाडौं । काठमाडौमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । आज त्रिभुवन आर्मी क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
केपी ओली कप फुटबल च्याम्पियनसिपको बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। खेल साँझ ५ बजेदेखि सुरु हुने छ । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी खेल्ने छन् ।
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।