काठमाडौं । आज बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको थियो। बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण निद्राबाट उठेर एकछिन त्रास नै बनाएको थियो ।
राष्ट्रिय मापन केन्द्रले बिहान २ः५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।

