काभ्रेपलाञ्चोक । बनेपाको एक होटलमा एक युवती मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ स्थित ‘होटल भ्यू पाहुना घर’मा महिला मृत फेला परेकी हुन् ।
हिजो साँझ ५ः३० बजेको समयमा उक्त होटलमा युवती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार मृत भेटिएकी युवती रामेछाप घर भइ बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ भएको खुलेको छ । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन ।
घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

