Breaking News

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सर्यो

काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो ।

नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले बताए ।

यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित भएको गरिएको थियो ।

त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो ।