डोल्पामा मृत्यु भएका पुरुष कोरोना बाट मृत्यु भएको पुष्टि

२४ जेठ, काठमाण्डौ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर–३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १२ पुगेको छ ।

मृतक ती पुरूष सुर्खेतमा बस्दै आएका थिए । उनी गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए । घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो ।

मृत्यु भएको दुई दिनपछि उनको स्वाब परीक्षण गर्न प्रतिष्ठानमा पठाइएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको हो ।