Breaking News

भोलिबाट मालपोत कार्यालयहरु खुल्ने

२४ जेठ, काठमाण्डौ । कोरोना भाइरसका कारण चैत्र ११ गतेबाट सरकारले लकडाउन गरेपछि गरिब २ महिना बन्द भएका जग्गा सम्पन्धी कारोकार हेर्ने मालपोत कार्यालयहरु भोलि आइतबार देखि मालपोत कार्यालय खुल्ने भएका छन् ।

‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्नु हुन’ उल्लेख गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत, भूमिसुधार शाखाले सूचना निकालेको
छ ।