स्थिति पहिलाको भन्दा बिग्रियो । हैसियत वडाध्यक्षको जस्तो भयो

गगन थापा

२४ जेठ, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गरेका छन् ।

स्थानीय पूर्वाधार विकास (सांसद विकास कोष) का नाममा योजना छनोट गर्ने गरी बजेट लिने अध्यासले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो हुन पुगेको उनले बताए ।

आज शनिबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले भने, ‘स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअयक्ष जस्तो पैसा लिन थाल्यौं । स्थिति पहिलाको भन्दा बिग्रियो । हाम्रो हैसियत वडाध्यक्षको जस्तो भएको
छ ।’

सांसद विकास कोष बन्द गर्नुुपर्ने उनले बताए । कुनै पनि खराब अभ्यास हटाउनुछ भने गुनासो गरे मात्र नहुने भन्दै उनले भने, ‘साँच्चिकै बदल्न चाहन्छौं भने केही अभ्यास बदल्नु छ, कानुन बदल्नु छ र त्यसको प्ररम्भ वडाध्यक्ष भएर होइन, विधायक भएर गर्छौं । यो कोष (सांसद विकास) लाई यो पटकको बजेटबाट हटाउनका निम्ति सरकारलाई भन्छौं भनेर यहीँबाट सुरु गर्नुपर्छ ।’

बजेट निर्माणमा संसदको भूमिका के ?

कांग्रेस सांसद थापाले बजेट निर्माणमा संसदको भूमिका समेत नदेखिएको टिप्पणी गरेका छन् ।

पञ्चायतमा जसरी बजेट निर्माण गर्थ्यौं, बहुदलमा त्यसै गर्यौं । बहुदलमा जे गयौं गणतन्त्रमा त्यसकै पछि लाग्यौं । बजेट निर्माणमा संसदको भूमिका के ? विधायकको भूमिका के ? हाम्रो बिचारको भूमिका के ? सांसद थापाले प्रश्न गरे ।

थापाले विनियोजित बजेटको मन्त्रालयगत छलफलमाथि समेत प्रश्न उठाएका छन् । धेरै मन्त्रालयबारे एकैपटक छलफल गर्ने र सांसदलाई थोरै समय दिँदा छलफलको लागि छलफल जस्तो मात्रै हुन पुगेको उनको टिप्पणी छ । ‘८ वटा मन्त्रालय, ४ मिनेको समय’ कांग्रेस सांसद थापाले भने, ‘हामीले बोले पनि के नबोले पनि के ? मन्त्रीले एउटा कानले सुन्नुहुहुन्छ अर्को कानले उडाइदिनुहुन्छ । जस्ता विचार पोखेका थिए ।