पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तीन लाख रुपैया सहित पक्राउ

२४ जेठ, बुटवल । पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–७ का अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ३ लाख घुससहित पक्राउ गरेको छ ।

अध्यक्षले पुनले वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै ठेकेदारसँग घुस लिएको अख्तियारले जनाएको छ ।

वडाध्यक्ष पुनलाई घुसबापतको रकम लिँदै गरेको अवस्थामा आज शनिबार बिहान सालझन्डी १० सैनामैनाबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले बताएका छन् ।