चितवन भरतपुर अस्पतालको आईसीयूमा उपचाररत २७ बर्षे युवकको मृत्यु

२४ जेठ, भरतपुर । चितवन माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज बिहान शनिबार बिहान भरतपुर अस्पतालको आईसीयूमा उपचाररत रहेका उनको मृत्यु भएको हो ।

मृतक भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बताएको छ ।

तर उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको बताइएको छ ।