जनता कोरोनाको चपेटामा छट्पटिरहेको बेला सरकार कार्पेट व्यवस्थापनै व्यक्त

नेता , मीनेन्द्र रिजाल

२४ जेठ, बुटवल । आजको प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद रिजालले बोल्ने क्रममा नेपाली कांग्रेसका नेता तथा सांसद मीनेन्द्र रिजालले जनता कोरोना महामारीमा रहेका बेला सरकार कार्पेट ओछ्याउनमै व्यस्थ भएको बताएका छन् ।

विदेशम रहेका नेपाली स्वदेश कसरी पुग्ने र स्वदेशका नेपाली कोरोनाबाट कसरी उम्कने भनिरहेका बेला सरकार कसरी कार्पेट व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको मिनेन्द्र रिजालको आक्रोस थियो ।

उनी भन्छन्,नेपालीहरू कसरी कोरोनाबाट उम्कने भन्नेमा छन् । सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन् ।

राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट व्यवस्थापन गर्न लागिएको खबरहरूप्रति लक्षित गर्दै सांसद रिजालले उक्त कुरा उठाएका हुन् । त्यस्तै सत्तारूढ दलका नेताहरू सत्ता सम्भावनाको खेलमा रमाएको पनि आरोप लगाए ।

‘सत्तारूढ दलका अरू मानिसहरू सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्ररी बज्छ भनिरहेका छन्,’ उनले भने ।

उनले जनताको दुस्खमा नुन नछर्किन पनि आग्रह गर्दै ‘जनताको दुस्खमा नुन नछर्किनुस् । राष्ट्रिय अठोट आवश्यक छ । यो संकटबाट तपाईंहरूले पार लगाउनु हुन्न, मिलेर काम गरौं,’ रिजालले भने ।

सरकारसँग राजश्व उठाउन सक्ने क्षमता र योजना नभएको उनले बताउँदै ‘राजश्व उठाउन सक्ने क्षमता र योजना सरकारसँग छैन । पूँजीगत खर्च गर्न सक्ने क्षमता र इमान्दारिताको लक्षण देखिएन ।