बाजुराको छेडेदह मष्टा आधारभूत बिद्यालयको क्वारेन्टाइनमा बसेका ६५ बर्षे पुरुषको मृत्यु

२४ जेठ, कैलाली । जेठ १५ मा भारतबाट आएका ६५ वर्षीय एक पुरुषको आज शनिबार बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका उनको मृत्यु भएको जानकारी वडा नम्बर–७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिएका छन् ।

मृतक दमको बिरामी भएको र हिँजो साँझ उनीमा अचानक दम बढे पछि औषधिसमेत खुवाइएको उनलाई आज बिहान मृत्यु भएको बताइएको छ ।