कर्णाली प्रदेशका ७ जना कोरोना जितेर डिस्चार्ज भए

२३ जेठ, सुर्खेत । कर्णली प्रदेशमा कोरोना भाइरसका संक्रमित बिरामी बढ्ने क्रम रहेको अवस्थामा आज कर्णालीमा पहिलोपटक आज ७ जनाले कोरोना (COVID-19) लाई जितेर प्रदेश अस्पताल सुर्खेतबाट डिस्चार्ज भई घर फर्केका छन् । कोरोना जितेर घर फर्कने सातै जनालाई बधाई पनि छ ।

डिस्चार्ज भएका ति युवाहरुले दिनु भएको अभिव्यक्ति हामी सबैका लागि प्रेरणादायी छ । सञ्चारकर्मीहरूसँग बोल्ने क्रममा उनीहरुले “चिन्ता नगर्नुहोस् होसियार हुनुहोस्, आफ्नो मनलाई दृढ राख्दै स्वास्थ्यको ख्याल गर्नुहोस् र सरसफाईमा ध्यान समेत दिनुहोस् यदि गरेपछि कोरोनालाई जितिन्छ भनेर प्रतिक्रिया दिएका छन् ।

आज कर्णाली प्रदेशको सुर्खेतस्थित कालागाउँमा रहेको क्षेत्रीय अस्पतालमा कोरोना जितेर ७ जना डिस्चार्ज भएको जानकारी अस्पताल स्रोतले जनाएको छ ।