भोलि पित्तथैलीको अपरेशन गर्ने तयारीमा रहेकी एक महिलाको आज कोरोना पुष्टि

२३ जेठ, काठमाडौं । पित्तथैलीमा पत्थरी देखिएपछि भोलि जेठ २४ गतेका लागि तोकिएको अपरेशन गर्ने तयारी गरिएकी काभ्रे पनौती नगरपालिका–८ की एक जना ३९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका उनीमा कोरोना संक्रमण बताइएको ।

अस्पतालले पित्तथैलीको अपरेशन गर्नुअघि पीसीआर परीक्षणका लागि अस्ति जेठ २१ गते बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा आज उनमा कोरोना भएको जानकारी वडाध्यक्ष केशव बन्जाराले बताएका छन् ।

संक्रमित महिलालाई दुई तीन पटकसम्म जन्डिस देखा परेको रहेछ । पछिल्लो समय पित्तथैलीमा समस्या देखिएपछि चेकजाँचका लागि तीनचार पटक उनी अस्पतालमा गएकी रहेछन्,’ घरबाट बाहिर ननिस्कने गृहणी महिलामा एक्कासी संक्रमण पुष्टि भएपछि परिवार सहित छरछिमेक तिनछक्क परेका छन्, वडाअध्यक्ष बताउनुहुन्छ ।
सो महिलामा संक्रमण पुष्टि भएपछि उनको घरलाई सिल समेत गरिएको छ ।