काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् ।
यसअघि महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए ।यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान चार सय ९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जिएस गुरुङले ३७९ मत पाएका छन् । सचिव महिलामा आशाकुमारी तामाङ ३१४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी सिर्जना नेपालले २८० मत पाएका छन् । खुला सचिवमा लक्ष्मण कार्की ३५३ मत ल्याएर विजयी भएका छन् । भरत दाहाल ३७९ मत ल्याएर विजयी भएका छन् ।

