तत्कालका लागि नेपालमा सलहको जोखिम ट्र्यो

२३ जेठ, काठमाडौं । पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलह किराको प्रवेश र रोकथामबारे अध्ययन गर्न गठित प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको छ । कृषि मन्त्रालयले गठन गरेको समितिले बुझाएको प्रतिवेदनअनुसार पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरबितर भएको छ ।

सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष रहेको
छ ।

यस्तै, दक्षिण एसियामा देखिएको सलहबारे खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम पाइएको अध्ययनले बताएको छ ।