धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत गुल्मी र पोखराका दुई जनामा कोरोना संक्रमण भएको पृष्टि

२३ जेठ, काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

मन्त्रालय स्रोतका अनुसार उक्त निजी अस्पताल ह्याम्स अस्पताल हो । ‘गुल्मीका र पोखराका दुई बिरामी ह्याम्समा उपचाररत हुनुहुन्छ । उहाँहरूमा संक्रमण देखिएको हो’ मन्त्रालय स्रोतले बताएको छ ।

ह्याम्स अस्पताल स्रोतका अनुसार संक्रमण पुष्टि भएका दुबैजनालाई यसअघिदेखि नै कोरोना संक्रमणको आशंकामा सतर्कता अपनाएर उपचार गरिएको थियो । उनीहरु मध्ये एक जना आईसीयूमा थिए । ती बिरामीमध्ये गुल्मीका ७६ वर्षका र पोखराका ६० वर्षका व्यक्ति रहेका छन् ।