Breaking News

नेपालमा सर्वाधिक बिक्रता यामाहा को माइलेज प्रतियोगिता बागलुङमा

म्याग्दी । टि एन अटोभेन्टर प्रा.लि. बागलुङले यामाहा स्कुटर RAY- ZR हाइब्रिड 125 Fi माइलेजको चुनौती सम्बन्धि प्रतियोगिता गरेको छ । बागलुङ नगरपालिका २ श्रीनगरटोल मा रहेको टि एन अटो स्वरुममा प्रतियोगी सेवाग्राही माझ यस स्वरुमका प्रोपाइटर नारायण बहादुर कार्कीले उद्धघाटन गर्नुभयो ।

माइलेजको परिक्षण गरि यामाहा 125 Fi तीस वटा स्कुटरमा सभार प्रतियोगी लाई बागलुङ बजार हुँदै ,मालढुङगा, कुस्मा बजार परिक्रमा गरि हार्नेस जिपलाइन एण्ड एडभेन्टर रिसोट कुस्मा मा कार्यक्रम सञ्चालन भएको थियो।

यामाहा को माइलेज चुनौती प्रतियोगिता मा माइलेज ७९।३ कि। मि।र लि। सहित अस्मिता शर्मा र भण्डारी प्रथम ,७८।७५ कि। मि।र लि। सहित सन्तोष उपाध्याय दिप्तिय र ७८।४३ कि। मि।र लि। सहित सुजाता कडेल तृतीय हुन सफल हुनु भयो । कार्यक्रम मा म्युजिकल्चियर र लठो तान्ने प्रतियोगिता सम्पन्न भएको थियो , यामाहा कम्पनी का ९ ए एस म० सुभाष मैनाली ले स्वागत मन्तब्य राख्दै प्रतियोगी बिजेता हरुलाइ अबिर, खदा, सहित पुरस्कार ले सम्मान गर्नु भयो।
यस प्रतियोगिता मा म्याग्दी , पर्बत र बागलुङ बाट सहभागी हुनुहुन्थ्यो ।

एस स्कुटर को मिनिमम माइलेज ५८ कि ।मि। रहेको छ ,तेसै गरि पिकप पनि राम्रो मोबाइल चारजिङ र सेन्सर बाट चल्ने भएकोले चोरी भएमा मोबाइलमा डिभाइस जोडि याप बाट नै काहा र कति कि मि पर पुगेको छ थाहा पाउन सकिन्छ। तेसै गरि स्कुटर को सेन्सर स्टेन भएको ले लागाउदा स्टार्ट अफै बन्दा हुने र स्टेन बन्द गर्दा अन हुने भएको ले ठूला दुर्घटना हुन बाट बचाउन सहयोग हुने हुनाले सबै सेवाग्राहि को पहिलो रोजाइ मा रहेको छ।

माइलेज चेक इन्जिनियर प्रेम दाहाल ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सृष्टि आचार्यले गर्नु भयो। कार्यक्रम को समापन गर्दै नारायण कार्की ले आफ्नो कम्पनी यामाहा प्रहयोगकर्ता सेवाग्राही लाई कुनै समस्य परे मा बागलुङ र बेनि कार्यलयमा जानकारी दिन र कम्पनी बाट सुधार गरि सेवा दिने बताउनु भयो।

कृष्ण कार्की