बेनी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोली माघ २२ गते बेनीमा आउने भएका छन् । नेकपा (माओवादी केन्द्र) म्याग्दीले बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बेनीमा आउनेने कार्यक्रम तय भएको जिल्ला संयोजक सेरबहादुर केसीले बताए।
बेथिति, भ्रष्ट्राचार, महंगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा आयोजना गरिएको उनले बताए । सभाको प्रचारप्रसार र ब्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको समते बताए।
बेनी स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा खुल्ला सभा हुने भएको छ । प्रचण्ड शान्ति प्रक्रीयामा आएपछि चौथो पटक बेनीमा आउन लाग्नु भएको हो । २०७० को संविधानसभाको दोस्रो निर्वाचनको सभालाई सम्बोधन गर्न बेनी आएका प्रचण्ड २०७५ कात्तिकमा स्वर्गीय पत्नि सिता दाहाललाई तातोपानी कुण्डमा स्नान गराएर उपचारका लागि आएका थिए ।
त्यसबेला चार दिन बेनीमा बसेका प्रचण्ड २०७६ मा म्याग्दी महोत्सवको उद्घाटनका लागि गएका थिए । खबरदारीसभालाई कार्यकर्ताहरुलाई प्रशिक्षित, समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा, सरकारको नेतृत्व गर्दा माओवादीले गरेका कामको प्रचारप्रसारका साथै जिल्लाको विकास निर्माणको विषयमा केन्द्रिय स्तरका नेताहरु मार्फत सरकारको ध्यानाकर्षण गराउने पनि उद्देश्य रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले बताए ।

