म्यानमारबाट २६ जना नेपाली नेपाल आईपुग्य

२३ जेठ, काठमाण्डौ । कोरोना लकडाउनका कारण रोकिएर बसेका म्यानमारबाट २६ जना नेपाली आज शुक्रबार स्वदेश आइपुगेका छन् ।

म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगिएको छ । होल्डिङ सेन्टरमा राखिएपछि उनीहरुलाई तोकिएको क्वारेन्टिनमा लगिनेछ । त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने बताइएको छ ।