जुम्ला क्वारेन्टाइनमा बसेका ६५ बर्षे एक बृद्धाको मृत्यु

२३ जेठ, जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।

जुम्ला चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको बुझिएकोछ ।

मृतक दमको रोगी भएको समेत बुझिएको छ ।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

यस विषयमा थप अनुसन्धान गर्न प्रहरी क्वारेन्टिनमा पुगिसकेको र कर्णाली प्रतिष्ठानको टोली स्वाब संकलनको लागि उक्त क्वारेन्टिनमा जाने तयारीमा रहेको प्रहरी नायव उपरीक्षक धामीले बताए ।