Breaking News

नेकपा विप्लबद्धारा एमसीसी बिरुद्धमा कालिकोटमा व्यापक मसाल जुलुस प्रर्दशन

२३ जेठ, कालिकोट। नेपालको संघीय संसदमा अमेरिकी सहयोग एमसीसी पास गर्ने रणनीतिमा रहेको बेला नेकपा कालिकोट ले राष्टघाती MCC सम्झौता बिरुद्ध हिजो बिहिबार राती कालिकोटका सबै एरियाहरुमा भब्य मसाल जुलुस निकालेको छ । नेकपाको केन्द्रीय संघर्षको कार्यक्रम अनुसार मसाल जुलुस गरिएको जिल्ला सेक्रेटरी रणदिप ले जानकारी गराउनु भएको छ ।

सेक्रेटरी रणदीपका अनुसार नेपाललाई अमेरीकी सैन्यअखडा हुन कुनै पनि हालतमा नदिने बरु आश्यक परे देशको लागि रगत दिने बताए । कोभिड–१९ र लकडाउनको मौका छोपेर MCC पास गराउने खेलमा केपी देउवा लागेका ले यिनी दुबै राष्टघातीलाई नेपाली जनताले बेलैमा चिनेर प्रतिवाद गर्नु पर्ने बताए ।

जनताबाट निर्बाचित संसदहरुले जनबिरोधी राष्टघातीको पक्षमा हैन बिपक्षमा आफुलाई उभ्याउन समेत जुलुस पछिको कोणसभालाई सम्बोधन गर्ने क्रममा सो धारणा राख्नु भएको थियो ।