अमरेश कुमार सिंहको ठोकुवा प्रचण्ड अब प्रधानमन्त्री बन्न नसक्ने र केपीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याए आफू ओलीको जुत्ता पालिस गरेर बस्छु

२२ जेठ, काठमाडौं । हालै मात्र भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र भित्रको भूमि अतिक्रमण गरेर सडक बनाएपछि उत्पन्न राजनीतिक परिघटना पछि नेपाल सरकार लिम्पियाधुरा सहितको भुमि समेटेर नेपालको नयाँ नक्सा बनाएर सार्वजनिक समेत गरिसकेको छ । संसदमा नक्सा सम्बन्धि संविधान संशोधन दर्ता भइ संशोधनको प्रक्रियामा रहेका बेला नेपाली कांग्रेसका नेता तथा सांसद डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपाली भूमि फिर्ता ल्याए आफू आजिवन प्रधानमन्त्री ओलीको जुत्ता पालिस गरेर बस्ने घोषणा गरेका छन् ।

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । भनेका छन्,’ यो कुनै हालतमा फिर्ता आउँदैन् । केपी ओलीले नै चाहेका छैनन् । यो उनको उग्र राष्ट्रवाद हो । यस्तो राष्ट्रवादले केही हुनेवाला छैन् । केपी ओलीभन्दा बढि राष्ट्रवादी म हुँ। बहस गरौं । ओलीलाई बोलाउनुहोस मेरो अघि ।

केपी ओलीले प्रधानमन्त्री हुनुअघि थाईल्याण्डको बैंककमा भाजपा नेता राममाधवसँग सम्झौता गरेको र उनले हिन्दुराष्ट्र नेपाल बनाउँछु भनेर एग्रिमेन्ट गरेको पनि सनसनीपूर्ण आक्षेप लगाएका छन् ।

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्री नबन्ने ठोकुवा गरे । उनकाअनुसार वर्तमान ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड तीनै जना असफल भैसकेका छन् ।

ओली, देउवा र दाहालको नेतृत्वमा मुलुक अघि बढ्न नसक्ने सिंहको दाबी छ । सरकारले नक्सासबन्धी अघि बढाएको संविधान संशोधन विद्ययेयकमा आफूहरुले निशर्त मतदान गर्नेपनि विश्वास दिलाएका छन् ।

तर, कांग्रेसले अघि बढाएको गैरसरकारी विद्येयकमा पनि ओलीले मतदान गर्नुपर्ने उनको शर्त छ । उनले भने,’त्यसको ग्यारेन्टी देउवाले पनि दिनुपर्छ ।

सिंहले नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढिसकेको र अब विस्तारै उसले नेपालमा प्रभाव जमाउने टिप्पणी गरेका छन् । उनले अब नेपालमा सेना र अदालतको सक्रियता बढ्ने पनि दाबी गरे ।

उनले भने,’सेना र अदालतको ईन्ट्रेष्टमा नयाँ शक्ति जन्मिन्छ । र, त्यही शक्तिले देशमा शासन चलाउने जिकिर पनि गरेका छन् ।

उनको यो बोली सही सत्य हो की हावादारी हो त्यो भने भोलिका दिनमा थाह नै हुने छ ।