गण्डकी प्रदेशको तहुँमा कोरोना भाइरसका २ जना संक्रमित भेटिए

२३ जेठ, कास्की । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहानै गण्डकी प्रदेशमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय कास्कीले जनाएको छ । तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ ।

दुबै जनालाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।