मन्त्रीपरिषद्को बैठक सम्पन्न कोभिड–१९ उच्चस्तरीय समन्वय समितिलाई लकडाउन बारे कार्ययोजना ल्याउन निर्देशन

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक केहीबेर अगाडी सकिएको छ । बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ ।

आजको बैठकले लकडाउन मोडालिटीबारे २–४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिइएको छ ।

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिएका छन् । लामो समयसम्म लकडाउन रहिरहँदा अवज्ञा र विरोध हुन थालेको छ ।

यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो । विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका
छन् ।