नक्सा बाहेकका अरु संशोधन बिधेयक अगाडी बढ्दैनन्

कानुनमन्त्री, तुम्बाहाङफे

२२ जेठ, काठमाडौं । हालै मात्र सरकारले नक्साका संशोधनको बिधेयक संसदमा दर्ता गरे त्यसपछि नेपाली काँग्रेस, राजपा–सपा र जनमोर्चा नेपालमा समेत संविधा संशोधन बिधेयक संसदमा दर्ता गराएपछि संविधान संशोधनसँग सम्बन्धित दुई वटा गैरसरकारी विधेयक तत्काल अगाडि नबढ्ने भएका छन् । सरकार, संसद सचिवालय र प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल नक्सा बाहेकका विषयमा संसद सचिवालयमा दर्ता भएका संविधान संशोधनसँग सम्बन्धित गैरसरकारी विधेयकहरुलाई अगाडि नबढाउने भएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले चालु अधिवेशनमा नक्सा बाहेकका विषयले संसदमा प्रवेश नपाउने बताएकी छिन् ।

‘सर्वदलीय बैठकमा नक्सा बाहेकका हाम्रो आन्तरिक विषय हो । त्यसबारे पछि छलफल गरौंला भन्ने भएको छ । त्यसकारण अहिले सचिवालयमा दर्ता भएका गैरसरकारी विधेयक तत्काल अगाडि बढ्दैनन्, मन्त्री तुम्बाहाङफेले पत्रकारहरुसँग भनिन् ‘अहिले नक्सासम्बन्धी संशोधन विधेयक मात्रै पास गर्ने हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले पनि नक्सा बाहेक विषयमा तत्काल संविधान संशोधन नहुने बताए ।