Breaking News

नेता भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा

काठमाडौँ । एमाले अध्यक्ष ओलीले पाटीैका नेता तथ पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको सदस्यबाट निस्कासन गरेको आज ७ दिनपछि गरेको पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष ओलीलाई प्रशनै प्रश्नको पत्रकार सम्मेलनमा उनले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलन गर्दै सो अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ ।

उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।

उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको
बताए । ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपर्थ्यो । तर केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ । एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन्’, उनले भने । देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको बताएका थिए ।