Breaking News

अध्यक्ष माधव नेपाल नेता वामदेवबिचको छलफल सकारात्मक छिट्टै पार्टी एकता गर्ने सहमति

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवबिचको छलफल सकारात्मक भएको बुझिएको छ । दुई नेताको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे । एकताबारे केही दिनमै सञ्चारमाध्यमलाई जानकारी दिने बताए ।

निर्णायक छलफल गर्न एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगर पुगेका गौतम निकै उत्साहित देखिएका छन् । बैठकमा सङ्गठनात्मक भन्दा पनि बढी राजनीति, सैद्धान्तिक पक्षबिच छलफल भएको थियो ।

‘आजको छलफल उच्चस्तरीय सकारात्मक छ । अब केही दिनभित्र एकताको अन्तिम आकार दिइने समझदारी भएको
छ । वामदेवले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचित प्रणालीमा जानुपर्छ भन्ने प्रस्ताव राखेका थिए ।

वामदेवलाई पार्टीभित्र तेस्रो मर्यादामा दिनेगरी सहमति भइसकेको र बाँकी नेताको व्यवस्थापनका लागि अर्को बैठकमा छलफल हुने बताइएको छ ।