Breaking News

भिम रावलको पत्रकार सम्मेलन : एमाले अध्यक्ष ओलीमाथि प्रश्नै प्रश्न

१७ पुस, काठमाडौं । नेकपा एमालेले हालै पाटीबाट निस्कासन गरेका पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलले आज बबहमहलस्ति कार्की पाटी प्यालेसमा पत्रकार सम्मेलन गरेका छन् । रावल पार्टीको कारबाहीमा परेपछि पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि ओलीको पेलानमा परेका नेता रावलले आज पत्रकार सम्मेलनमा ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् ।

पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न प्रश्न गरेका हुन् ।

नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न गरेका छन् ।

आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।

नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको असहिष्णु व्यवहार र व्यक्तिवादी चरित्रको ‘भण्डाफोर’ गरेका छन् ।

उनले ओलीका तानाशाही निर्णयहरू विरुद्ध तथा राष्ट्र र समृद्धिका लागि मातृभूमि जागरण अभियानको आवश्यकता औँल्याउँदै त्यस्तो अभियान चलाउने घोषणा गरेका छन् ।

रावलले पत्रकार सम्मेलनमा ३५ पन्ने लिखित कार्ययोजना वाचन गर्दै आफूमाथि एमाले अध्यक्ष ओलीले पार्टी र सरकार सञ्चालनका क्रममा गरेका अधिकांश निर्णयहरू संविधान, कानुन र पार्टी विधान विपरीत रहेको दाबी गरेका छन् ।