१ पुस, काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका
छन् । अध्यक्षका लागि स्वीकृत भएका १० उम्मेदवारमध्येबाट विष्टलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।