कीएभ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले “बहादुर” असद (बशर अल-असद) पुटिनकहाँ भागेको, तर पुटिन चाहिँ भागेर कहाँ जान्छन् ? भन्दै प्रश्न गरेका छन् ।
उनले भने- त्यो असद भागेपछि खोलिएको थियो। त्यहाँ धेरै वर्षदेखि मानिसहरूलाई अपमानित गरिएको थियो। यसमा पुरुष र महिलाहरू पर्छन्। उनीहरूलाई कुटपिट, यातना र बलात्कार गरियो। हजारौँ मानिसहरू यस हिंसाबाट पीडित भए।
जेलेन्स्कीले असदको सरकार दशकौँदेखि हिंसामा निर्भर रहेको बताए। उनले भने- पुटिन समर्थित शासन यस्तो देखिन्छ। हामीले हाम्रो क्षेत्रमा रुसी आक्रमणकारीहरूले कब्जा गरेको प्रत्येक ठाउँमा यस्तै जेल र यातना शिविरहरू देखेका छौँ।
जेलेन्स्कीले पुटिन जस्तो तानाशाह विना असद जस्तो तानाशाह बाँच्न नसक्ने बताए । उनले पुटिनले असदको हारको बदला लिने प्रयास गर्ने पनि दाबी गरे। त्यसका लागि यस्ता व्यवस्थाको सामना गर्न एकता र बल आवश्यक रहेको उनले बताए ।
युक्रेन र रुसबिच सन् २०२२ को फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । यसैबिच विद्रोही समूहले सिरिया कब्जा गरेपछि असद देश छोडेर भागेका छन् । रुसले उनलाई शरण दिएको छ ।
बीबीसी